
Apr 18 2025 | २०८२, वैशाख ५ गते
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आठ हजार ४२५ जनामा कोरोना संक्रमणमुक्तभएका छन् भने, १६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तैँ गरि मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर घट्न थालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij