
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदैछ । ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले आम नागरिकमा यसबारे जनचेतना बढाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा बर्सेनि झण्डै ६० हजार क्यान्सरका बिरामी थपिने गरेको अनुमान छ ।त्यसमध्ये नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ।
चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij