
Apr 18 2025 | २०८२, वैशाख ५ गते
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।
१० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्ममा देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij