
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.खतिवडालाई मंगलवार राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को आधारमा डा.खतिवडालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अमेरिकाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गत असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा.खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।
विज्ञप्ति सहित :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij