Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपालमा मान्छेको मृत्यु गराएको बर्डफ्लु फेरि भित्रियो (विज्ञप्तिसहित)

नेपालमा मान्छेको मृत्यु गराएको बर्डफ्लु फेरि भित्रियो (विज्ञप्तिसहित)

  • काठमाडाैँ । नेपालमा मान्छेको समेत मृत्यु गराएको बर्डफ्लु संक्रमण पुनः देखापरेको छ। पशु सेवा विभागका अनुसार  मोरङमा बर्डफलु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको हो। 

    onlinepatrika
    Arghakhachi

    विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै क्रमममा प्रदेश नम्बर १, मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग (HPA1, H5N1) पुष्टि भएको हो। 

    AGNI GROUP

    ‘एच फाइभ एन वान’  (H5N1) भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते मानिसको समेत मृत्यु भएको थियो। ‘एच फाइभ एन वान’ भाइरबाट ज्वरो र खोकीको लक्षण जस्ता  देखिएपछि उपचारका लागि अस्पताल आएका ती युवकको उपचारका क्रममा ५ दिनपछि मृत्यु भएको थियो।

    मृत्युपश्चात् यालको नमुना परीक्षणका लागि जापान पठाइएको थियो भने वैशाख १७ गते आइपुगेको रिपोर्टमा बर्डफ्लु पोजिटिभ देखिएको थियो। 

     

    pasu-sewa_8YolW4dAsa.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij