
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१ दशमलव ४६ विन्दुमा पुगेको हो ।दिनभरको कारोबारमा आज ६ अर्ब ७४ करोडको कारोबार भयो।
बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको थियो । त्यसमध्ये १ सय ५९ कम्पनीको मूल्य बढेका छन् । ९ कम्पनीको मूल्य घटेका छन् भने बाँकी ७ वटा कम्पनीको मूल्य स्थिर रहेका छन् । आज बजारमा नेप्से परिसूचकसँगै सेन्सिेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिसूचक बढ्दा सबै उपसूचकहरु समेत बढेका छन् । जीवनबीमा क्षेत्रको वृद्धिदर ७.४३ प्रतिशत भन्दा बढी देखिएको छ । निर्जीवन बीमा कम्पनी, हाइड्रोपावर र अन्य समूहको वृद्धि पनि ५ प्रतिशत भन्दा बढी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij