
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ओमिक्रोन छालामा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ ।
टोकियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो ।
जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ वुहान भाइरस र सबै भेरियन्ट अफ कन्सर्न (भीओसी) बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए ।
समिक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालामा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ । सोही कारण अन्य भेरियन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij