
Apr 18 2025 | २०८२, वैशाख ५ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार तीन सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो ।
पिसिआर आठ हजार ५४ र एन्टिजेन परीक्षण ४५ सय ४७ जनामा गर्दा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । २५ सय ४० जना संक्रमणमुक्त र चारजनाको मृत्यु भएको छ । मन्त्रालयलका अनुसार यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij