Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । खोप कार्ड हराएकाहरुलाई स्वास्थ्य मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड खोप दुबै मात्रा लगाएसकेको भए खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वस्थ्य शाखाबाट लिने, त्यस्तै जोन्सना एण्ड जोन्सनको खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने जनाएको छ ।
सरकारले आउँदो ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तै बुस्टर डोजको लागि पनि खोप कार्ड अनिवार्य नै चाहिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij