
Apr 18 2025 | २०८२, वैशाख ५ गते
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् । २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij