
Apr 18 2025 | २०८२, वैशाख ५ गते
त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ ।
अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अस्पतालले स्त्री तथा प्रसूति विभागको सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०५ पुगेको छ । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय सङ्क्रमित शून्य रहेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालका अनुसार जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना सङ्क्रमित भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij