
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ – प्रतिनिधिसभा विघटनको विषयले कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियशनमा स्पष्ट विभाजन देखिएको छ । सुरुमा महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर संसद विघटनले संविधानको घोर उल्लंघन भएको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि नै ब्रजपात हुन पुगेको उल्लेख गरे । विघटनको समर्थन र विरोधमा एसोसिएनका दाधिकारीबिच विज्ञप्ति जारी गर्ने होड नै चल्यो सोमबार ।
खण्डन गरी कोषाध्यक्ष रुद्र नेपालले विज्ञप्ति जारी गरे । उनले संसद विघटनको मुद्दा सर्वोच्च अदालत सामु गएकाले त्यसलाई प्रभावित गर्ने गरी हुने कुनै पनि वक्तव्यबाजीको पक्षमा एसोसिएशन नरहेको उल्लेख गरे । बेलुका बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले महासचिवले जारी गरेको विज्ञप्तिको समर्थनमा विज्ञप्ति जारी गरे । महाचिव पौडेलको विज्ञप्ति नै आधिकारिक रहेको र त्यसबाहेका व्यक्तिले जारी गरेको भनाई आधिकारिका नरहेको उल्लेख अध्यक्ष श्रेष्ठले गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij