Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

  • पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ५३४ जनामा र दुई हजार ५६९ जनामा एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको हो ।

    योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा ४३५ जना डिस्चार्ज भएका छन् भने मृत्यु तीनजनाको भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij