
Apr 19 2025 | २०८२, वैशाख ६ गते
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । जुन बिहीबारको तुलनामा ६.७ प्रतिशत रहेको छ ।
त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।
शुक्रबार महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो स्थानमा रहेको दिल्लीमा २८ हजार ८६७ संक्रमित थपिएको समाचारमा जनाइएको छ ।
यसैबीच, बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलनमार्फत् कोभिड(१९ को अवस्थाबारे छलफलमा मोदीले केन्द्र तथा राज्य सरकारलाई कोभिड महामारीसँग जुध्न सामूहिक कदम चाल्न अपिल गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij