Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो

  • काठमाडौं । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । २ हजार ८ सय १७ भन्दा बढी घाइते भएको अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलनमा बताए । 

    images
    images
    images

    स्थानीय मिडिया आउटलेट टोलोन्यूजले रिपोर्ट गरेअनुसार रक्षा, गृह र जनस्वास्थ्य मन्त्रालयका उद्धार टोलीहरू घाइतेहरूलाई नंगरहार क्षेत्रीय अस्पतालमा एयरलिफ्ट गर्न पुगेका थिए ।

    images

    अफगानिस्तानको पूर्वी भागमा राति ११ः४७ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार स्थानीय समय अनुसार अगस्ट ३१ मा यसको केन्द्रबिन्दु आठ किलोमिटर गहिराइमा थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij