Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

२४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा कोरोना संक्रमित

२४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा कोरोना संक्रमित

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ परीक्षणमा ३ हजार ५५३ जनामा कोरोना पुष्टि भएको हो ।
    १० हजार ४९८ पीसीआर परीक्षणमा २ हजार ९२२ जना संक्रमित भएका छन् भने ४ हजार ५८३ एन्टिजेन परीक्षण हुँदा ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    हालसम्म पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ९९ हजार २२५ जनामा संक्रमण देखिएको छ ।

    २४ घण्टाको अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij