काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उपाध्यक्षको सचिवालयका अनुसार दाहाललाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।