
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौ । आफ्नै आँखाअघि दुर्घटनामा परी सडकमा छटपटाइरेहका घाइते देख्दा पनि बेवास्ता गरी आफ्नो बाटो तताएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्रीको तीव्र आलोचना भइरहेको छ । छेउबाट अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको सवारी भइरहेको छ ।
घटनास्थल चाहिँ बेलबारी नगरपालिका–४ हुल्लुडेस्थित पूर्व पश्चिम राजमार्ग । दुर्घटनामा पर्नेहरु थिए बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी । घटनास्थलमा उपस्थित सर्वसाधारणहरुका अनुसार मुख्यमन्त्रीको सवारी भएको १० मिनेटपश्चात् मात्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्धार गरी अस्पताल पु(याएपछि खत्रीलाई मृत घोषित गरियो भने भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij