
Apr 18 2025 | २०८२, वैशाख ५ गते
नेपालमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण निरन्तर उकालो लाग्दो छ ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यासमेत २७ पुगिसक्दा ओमिक्रोनकै कारण संक्रमणको तेस्रो लहर आउने जोखिम बढेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाइरहेका छन् । कार्यक्रम नगर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ ।
आज देशभर १ हजार १६७ जना कोभिड संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कोस्ल मिश्राले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएकी हुन् ।
डा .मिश्राका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा १ हजार १६७ मा संक्रमण पुष्टि भएको हो ।भने २ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij