
Apr 19 2025 | २०८२, वैशाख ६ गते
कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढ्कोले गर्दो
भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ ।
कञ्चनपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा सङ्क्रमण देखिएको छ ।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij