स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार ३२९ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३९३ वटाको नतिजा पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण देशभर तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।
यो अवधिमा २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।