Jun 14 2026 | २०८३, जेठ ३१ गते
अध्यक्ष इञ्जिनीयर दीपक कुँवर “नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालनमा ल्याएका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो ।”
काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले लामो समय अस्पतालमा उपचार गरी घर गएका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ ।
अस्पतालको नवौँ वार्षिकोत्सवका ‘ग्राण्डी एट होम’ सेवाको शुभारम्भ गरेको छ । ग्राण्डीमा उपचार गराएर घर फर्किएका बिरामीको फलोअपका लागि बारम्बार अस्पताल आउन झण्झट हुने भएकाले घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले ‘ग्राण्डी एट होम’ सेवाको सुरुआत गरिएको अस्पतालका मेडिकल निर्देशक डा .विनोद बिजुक्छेले जानकारी दिनुभयो ।
“बिरामीको टाँका काट्ने, डाक्टर कन्सल्टेसन, घाउको ड्रेसिङ, औषधिसम्बन्धी सरसल्लाह, रगत एवं दिसापिसाब पुनः चेकजाँच, पिसिआर चेकजाँच आदी ‘ग्राण्डी एट होम’ सेवामार्फत गछौँ”, उहाँले भन्नुभयो । हाल उक्त सेवा काठमाडौँको चक्रपथ वरपरका क्षेत्र, ललितपुर महानगरपालिका क्षेत्र र भक्तपुरको ठिमी वरपरका क्षेत्रमा लागू गर्ने अस्पतालले जनाएको छ ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालनमा ल्याएका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो ।”
‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ एक हजार व्यक्तिलाई प्रत्यक्षय तथा अप्रत्क्षय रूपमा रोजगारी प्रदान गर्दै आएको ग्राण्डी नयाँ होमसरभिस् पनि दिने भएको छ ।
अस्पतालको नवौँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा ग्राण्डी अस्पतालबाट प्रकाशन हुँदै आएको ‘ग्राण्डी जर्नल’को समेत विमोचन गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij