
Apr 19 2025 | २०८२, वैशाख ६ गते
अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन गरेकोले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् ।
स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी ल्याउने बित्तिकै तपाई आफ्नो मान्छे भएकाले राम्रो सल्लाह दिन्छु, यहाँ उपचार नगराउनुस्, यहाँ डाक्टर पनि आउँदैनन् र उपचार पनि राम्रोसँग हुँदैन, केही भइहाल्यो भन्ने के गर्ने,
भनी उपचारै नगरी फर्काउने गरेको आरोप लगाउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले आफन्त तथा पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बनाएर जिल्ला अस्पतालको स्वास्थ्य सेवा र कार्यक्रमलाई कमोजर बनाएका कारण पनि यहाँ बिरामी उपचार गराउन आउन छाडेको जलेश्वर नगरपालिका– २ वडाध्यक्ष बरुणकुमार दाहालले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij