
Apr 19 2025 | २०८२, वैशाख ६ गते
स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, औषधि अभाव हुँदा नागरिकको गाली आफूहरूले खानुपर्ने अवस्था आएको बताए ।
सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा अभाव भएको छ । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासीको गुनासो छ ।
स्वास्थ्यचौकीमा औषधि पाइएन छाडेपछि सर्केगाडका सर्वसाधारणलाई सास्ती खेप्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । सो स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइए छन् ।
गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ । स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, औषधि अभाव हुँदा नागरिकको गाली आफूहरूले खानुपर्ने अवस्था आएको बताए । उपचारका लागि आएका बिरामीलाई औषधि छैन् भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उनको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij