Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

संसद बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय

संसद बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल पक्षको निर्णय

  • काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको हो ।
    भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरु उपस्थित थिए ।

    images
    images
    images

    भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।

    केही समयअघि सकिएको यो बैठकलगत्तै बानेश्वरमा हुने भनिएको स्थायी कमिटीको बैठक स्थगीत गरिएको छ । बैठक स्थगीत गरेर नेताहरु प्रमुख प्रतिपक्षी कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सानेपा हिँडेका छन् । कांग्रेस र जसपासहित नेकपाको दाहालनेपाल समूहले संयुक्त विरोध कार्यक्रम गर्ने अनौपचारिक सहमति आइतबारको बैठकमा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij