
Apr 19 2025 | २०८२, वैशाख ६ गते
भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअुसार हालसम्म भारतमा १ हजार २७० जनामा ओमिक्रोन पुष्टि भएको भएको हो ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । महाराष्ट्रमा हालसम्म सबैभन्दा बढी ४५० जनामा ओमिक्रोन पुष्टि भएको हो । त्यस्तै, नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । पछिल्लो समय भारतमा कोरोना र ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएपछि विभिन्न सहरमा रात्रिकालीन कर्फ्यू लगाएको छ।
हालसम्म भारतमा ओमिक्रोनबाट एकजना संक्रमितको मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij