Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

  • चितवन । भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । 

    images
    images
    images

    थप रु चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आउनुभएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । 

    उहाँका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो । नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ । पौडेलका अनुसार पहिलो वर्ष रु तीन करोड दुई लाख ३२ हजार आम्दानी बीमाबाट भएको थियो । 

    आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड ६७ लाख ७३ हजार, २०७६÷७७ मा रु २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा रु १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो । चालू आर्थिक वर्षमा रु २५ करोड भन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ । गत महिना अस्पतालले रु तीन करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ । 

     अस्पतालले वार्षिक रु ५० करोड हाराहारी आम्दानी गर्दैगर्दा बीमाको हिस्सा झण्डै आधा हुने गरेको अस्पतालले जनाएको छ । चितवन र पूर्वी नवलपरासीका बिरामी बीमा कार्यक्रमका लागि भरतपुर अस्पताल आउने गर्दछन् । यो अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत लिइने सेवामा सबैभन्दा बढी बहिरङग सेवा हुने गर्दछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij