Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विदेश जानेलाई जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था

विदेश जानेलाई जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था

  • काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्ध जोन्सन एन्ड जोन्सनको खोप दिने व्यवस्था मिलाएको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी विदेश जाने नागरिकका लागि काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

    मन्त्रालयले खोप लगाउन जाँदा साथमा राहदानी र प्रवेशाज्ञा अर्थात् भिसा अनिवार्य लिएर जानुपर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij