Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

साढे ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

साढे ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

  • काठमाडौँ । कोरोना भाइरसविरुद्धको फाइजर खोपको ६ लाख ६४ हजार डोज नेपाल आइपुगेको छ ।

    images
    images
    images

    कोभ्याक्स सुबिधा अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार काठमाडौँ आइपुगेको हो ।

    सरकारले यो खोप प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश नं २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङमा दिने बताएको छ ।

    त्यसैगरी, लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij