
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय गरी १६ गरी ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या वृद्धि हुँदै गएको भन्दै मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन आह्वान गरेको छ । टेकु अस्पतालमा बिरामीको चाप फेरि बढ्न थालेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij