Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

एकता बुद्ध सहकारीका अध्यक्षसहित ६ जना पक्राउ

एकता बुद्ध सहकारीका अध्यक्षसहित ६ जना पक्राउ

  • काठमाडौं  । बुढानिलकण्ठ नगरपालिका-९, स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ६ सञ्चालक पक्राउ परेका छन् । ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको  हाे।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९, बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

    images

    भानु कुमार शर्मा संस्थाका कार्यकारी अध्यक्ष हुन् । उक्त संस्थाका सदस्यहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैँया निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरेकाे आराेप लागेकाे छ ।

    सहकारीका अध्यक्ष लगायत पदाधिकारी व्यवस्थापकले ठगेको भन्दै १७७ जनाले उजुुरी दिएका थिए । उनीहरुले बचतकर्ताको पैसाबाट व्यक्तिगत लाभका लागि सेयर खरिद गर्ने, घर जग्गा खरिद बिक्री गर्ने गरेको र पैसा फिर्ता माग्न जाँदा बचतकर्तालाई विभिन्न प्रलोभनमा पारेर ठगेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij