Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

आज पनि भएन सन्दिपको मुद्दाको सुनुवाई

आज पनि भएन सन्दिपको मुद्दाको सुनुवाई

  • काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज मंगलबार पनि अन्तिम सुनुवाइ भएन । काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ मंगलबार हुने तय भएको थियो ।

    images
    images
    images

    जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा सो मुद्दाको अन्तिम फैसलाका लागि पेसी तोकिए पनि सुनुवाइ भने भएन । किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ नगरेको बताइन्छ ।अब अर्को पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाइनेछ ।

    images

    यता, भोलि बुधवार सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग दक्षिण अफ्रिका जाने तालिका रहेको छ । उनको क्रिकेट यात्रालाई असर नपर्ने गरी अर्को पेसी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij