
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडाैं । नेकपा माओवादी केन्द्रले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित एक कार्यक्रमका बीच पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् ।
सो अवसरमा उपाध्यक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेको विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताएका थिए । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरे ।
घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका छन् ।
बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij