
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौँ । गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले करिब ९ सय २० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij