Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

  • काठमाडौँ । नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम आठराई गाउँपालिका–४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
     
    बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन–९ एम्पुलसहित लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । 
     
    लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij