Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

गाडी चोरी गरेको आरोपमा कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठ बर्खास्त

गाडी चोरी गरेको आरोपमा कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठ बर्खास्त

  • काठमाडौँ । कराँतेको मुख्य प्रशिक्षक काजीमान श्रेष्ठलाई गाडी चोरीको आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषद्ले फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठविरुद्ध गाडी चोरीको आरोप लागेपछि उनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत काठमाडौं जिल्ला खेलकुद विकास समितिका मुख्य प्रशिक्षकमा गत माघ १९ गते मात्रै श्रेष्ठ बढुवा भएका थिए । श्रेष्ठले आफ्नो गाडी चोरी गरेको बताउँदै जीवन पाण्डेले प्रमाणसहित परिषद्‌मा उजुरी दिएका थिए ।

    images

    उजुरीपछि परिषद्ले श्रेष्ठलाई मुख्य प्रशिक्षकबाट हटाएको निर्देशक प्रचण्ड शर्माले बताए । श्रेष्ठले शर्मासँग बुधवार नै गाडी फिर्ता गर्छु भनेका थिए । अझै किन फिर्ता गरेनन् भन्ने विषयमा जानकारी नपाएको शर्माले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij