
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं। लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले १५औं दिनमा अनशन तोडेकी छिन्। आज सरकारसँग ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन्।
उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थलमा गएर जुस खुवाइ अनशन तोडाएका हुन् । आफूमाथि जबरजस्ती करणी गर्ने पवन कठायतविरुद्ध दिएको मुद्धाका कारबाही नभएको भन्दै उनी अनसनमा बसेकी थिइन्।
सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्धामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij