
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ।
संघीय संसद भवन, वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा शुक्रबार राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममानमाथि छलफल जारी रहने भएको हो।
दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो। राष्ट्रियसभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। विमला राई पौडेल, विमला घिमिरे र तुलसा कुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij