Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा

छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा

  • काठमाडाैं ।  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहीबार सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय बस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । 

    images
    images
    images

    मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरू लगायत जडीबुटी,   आयुर्वेदिक जन्य बस्तुहरू पनि प्रदर्शनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू समेत प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । छैटौँ चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरे । 

    images

    एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ छ । 

    मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधिलाई बढाउन व्यापार मेला आयोजना गरिएको बताए ।  छैटौँ व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरूको बजारीकरणमा जोड दिइने जनाएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij