
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । प्रहरीले शरणार्थी प्रकरणमा आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए ।
शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । हज समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी उनले अर्को व्यक्तिलाई दिने तयारी गरेका थिए ।
गृह मन्त्रालयका एक जना अधिकृतले सो निर्णय गर्न गृह मन्त्रालयबाट फाइल मगाएर ऊर्जा मन्त्रालयमा छिरेका मियाँलाई पक्राउ गरिएको बताए । शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij