Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

  • काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ ।

    images
    images
    images

    पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे र बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।

    images

    बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने नेपालको प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायाम अगावै विद्युत व्यापार गर्ने योजना छ ।

    बैठकका बंगलादेशले सोलार बिजुली उत्पादनको अनुभव र नेपालले जलविद्युत आयोजना विकासको अनुभव पनि साटासाट गर्ने कार्यतालिका छ । बैठकमा सुनकोशी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij