
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आजदेखि लागू हुँदै छ। मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको एमडीएमएसअनुसार अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ।
प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन।
३१ वैशाखसम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij