
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । गृह मन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए।
एसपीबाट एसएसपीमा बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा सानुराम भट्टराई रहेका छन्।
यसैगरी चिकित्सक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गरिएको छ। जसमध्ये पहिलो नम्बरमा डा. संज्ञा मल्ल, दोस्रोमा डा. दिवा शर्मा र तेस्रोमा डा. आषिश दल छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij