
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्नु भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो ।
परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij