
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडाैं । लुम्बिनी प्रदेश सभाको मंगलबार बिहान ११ बजेदेखि सुरु भएको पहिलो अधिवेशनको दसौँ बैठकमा विपक्षी दलहरुको विरोधपछि स्थगित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वास मत लिने कार्यसूची रहेको थियो ।
तर विपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सदन मार्फत पेश गर्नुपर्ने माग राख्दै विरोध जनाएका थिए । विरोधपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij