
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोकिएको भ्रमपूर्ण समाचार फैलाउने म्यानेजरलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई प्राधिकरणले विमानस्थल प्रवेशमा रोक लगाएको हो । साथै उनीहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि चरा ठोकिएको पुष्टि नभएको जानकारी गराएका थिए । गाईभैँसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेको बताउँदै नकरात्मक हल्ला गर्ने बानी छाड्नका लागि उनले आग्रह गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij