
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । गोठाटारमा चलेको गोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही घर भएका ५८ वर्षीय लाल मोहम्मदको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको छ। उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
मोहम्मदको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै हत्या भएको थियो । मोटरसाइकलमा आएका व्यक्तिले उनलाई गोली हानेर भागेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij