Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको युगमा विज्ञान

मानवताविरुद्ध विज्ञानको प्रयोग हुन थाल्यो : गृहमन्त्री

मानवताविरुद्ध विज्ञानको प्रयोग हुन थाल्यो : गृहमन्त्री

आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन्।

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन्।

    AGNI GROUP

    उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन्। विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन्। अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले अनुसन्धानकाक्रममा अभियोगका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ।’

    उनले लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ न्याय भएकाले पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्ने बताए।

    उनले विज्ञानलाई प्रयोग गरेर संकलन गरेको प्रमाणले प्रतिवादीलाई सहयोग गर्ने खालका धेरै सम्भावना भएकोले ठिकसँग प्रयोग गर्न आग्रह गरे। उनले अनुसन्धानकर्ता र अभियोगकर्ता बिच आपसी समन्वयको जरुरी रहेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij