
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । भारतीय टीभी अभिनेता वैभवकुमार सिंह राघवको निधन भएको छ ।
विभु राघवको नामले चिनिने वैभवकुमार सिंह राघवले जुन २ मा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी २०२२ देखि चौथो चरणको कोलोन क्यान्सरबाट पीडित थिए । उनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको थियो ।
उनले ‘निशा एण्ड उस्के कजिन्स’, ‘सुभ्रिन गुग्गल’ र ‘रिदम’ जस्ता टीभी कार्यक्रमहरूबाट पहिचान बनाएका थिए । अभिनेत्री कावेरी प्रियम र अभिनेता करणवीर मेहराले विभु राघवको निधनमा शोक व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij