Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने

सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने

  • काठमाडौं । सरु संगीत घर संगीत तथा नृत्य प्रशिक्षण केन्द्रले यस वर्षको प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार लोक गायिका श्रीमती कविता आलेलाई प्रदान गरिने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    केन्द्रले चौथो वार्षिक दिवसको अवसरमा घोषणा गरे अनुरुप प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार आलेलाई दिने निर्णय गरेको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यो पुरस्कार २०८२ भाद्र १४ गते शनिवार सरु संगीत घरको पाँचौं बार्षिक कार्यक्रममा प्रदान गरिने छ ।

    AGNI GROUP

    यसको स्थापना स्व.सरस्वती निरौलाको स्मृतिमा संगीतकार कोमल निरौला, इंदिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सविता नेपाल निरौला, संगीतकार भिषण निरौला, सृजना अधिकारी, छोरी गायिका कुमा निरौला तथा सविन भट्टराईको संयुक्त प्रयासमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि पश्चिम हजार पाँच सय पाँच रुपैयाँ रहेको छ।

    संगीतकार कोमल निरौलाको संयोजकत्वमा सदस्यहरू वरिष्ठ गायक संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, साहित्यकार रत्नमणी नेपाल तथा सदस्यसचिव डेनी निरौलाको एक स्वतन्त्र छनौट समिति बनाई कविता आलेको नाम चयन भएको हो ।

    गायिका आले विगत २० वर्षदेखि अनवरत रूपमा लोक गायनको क्षेत्रमा सक्रिय छिन् । सरु संगीत घर विगत पांच वर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको एक विद्यालय हो ।

    ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ मा रहेको यस विद्यालयमा हाल ८५ जना विद्यार्थीहरुले गायन, वाद्यवादन हारमोनियम, मादल, गिटार, किबोर्ड, तबला आदि विधामा कक्षा लिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट